कञ्चनपुरमा ७६ वर्षीया बृद्धको हत्या

कञ्चनपुरमा ७६ वर्षीया बृद्धको हत्या गरेको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–२ पशुपती टोल बस्ने ३५ वर्षीया सिता थापा र उनका छोरा १८ अर्जुनले कुटपिट गरेर ७६ वर्षीय प्रेम थापाको हत्या गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले माघ २८ गते घरायसी विवादका क्रममा थापामाथि चिर्पटले कुटपिट गरेपछि गम्भीर घाइते भएका जानकारी गराए ।
घाइते थापाको उपचारका क्रममा सोमबार महाकाली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।
उनको मृत्युपछि बुहारी र नातीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताए ।
११ फागुन २०७७, मंगलवार ०९:०५ बजे प्रकाशित