नेकपा प्रचण्ड–माधव पक्षको आकस्मिक केन्द्रीय समितिको बैठक बस्दै
नेकपा प्रचण्ड–माधव पक्षको आकस्मिक केन्द्रीय समिति बैठक बस्न लागेको छ । नेकपा पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने गरी बैठक बस्ने लागेको एक केन्द्रीय सदस्यले जानकारी गराए ।
यसअघि सो पक्षले आफ्ना सवै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा आउन भनेको थियो ।
पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बस्न लागेको नेकपाका नेताहरुले बताए । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर वैैशाखमा निर्वाचन घोषणा गरेपछि राजनीतिक रुपमा विभाजित नेकपाले कानुनी मान्यता पाइसकेको छैन ।
कानूनी मान्यताका लागि बहुमत केन्द्रीय सदस्य रहेको प्रचण्ड–माधव पक्षले नेकपाको आधिकारिकता र सूर्य चिन्ह दावी गरेपनि निर्वाचन आयोगले निर्णय गर्न सकेको छैन ।
प्रचण्ड – माधव पक्ष प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै सर्वोच्च पुगेको छ । सर्वोच्चमा परेको रिटमा अन्तिम फैसला हुन बाँकी छ ।
७ फागुन २०७७, शुक्रवार १२:२९ बजे प्रकाशित













