punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका युवक कारागार चलान

Chaupati
safha napa

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका युवक कारागार चलान भएका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ९ घुईयाघाटकी ४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा गत पुषमा पक्राउ परेका भारतको उत्तरप्रदेशका १९ वर्षीय रविकुमार कोरी कारागार चलान भएको हो।

बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका कोरीलाई जिल्ला अदालतमा भएको थुनछेक बहसपछिको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टलेलाई बताए।

ती युवकलाई गत पुषमा पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो।


७ फागुन २०७७, शुक्रवार ११:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु