नेकपा प्रचण्ड–माधव खेमाले तेस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्दै
राजनीतिक रूपमा विभाजित नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले संसद विघटनविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ ।
नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार आइतबार दिउँसो २ बजे पार्टी कार्यलय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गर्न लागिएको छ ।
५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेपछि उक्त समूह त्यसको विरोधमा संघर्षरत छ । आजै निर्वाचन आयोगले निर्वाचन आचारसंहितासम्बन्धी छलफलका लागि दलहरूलाई पनि बोलाएको उनले बताए । उता सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको मागसहित परेको रिटमा सुनुवाइ जारी छ ।
२ फागुन २०७७, आइतवार १३:३० बजे प्रकाशित













