punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप लगाइदै

Chaupati
safha napa

कैलालीमा दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप आज देखि लगाइने भएको छ । स्वास्थ्य कार्यालय कैलालीले धनगढीसहित जिल्लामा विभिन्न ७ स्थानमा निर्धारण गरिएका केन्द्रबाट लक्षित समूहले खोप लगाउन पाउने जानकारी दिएको छ।

दोस्रो चरणमा खोप लगाउनका लागि जिल्लाभर सात ठाउँमा खोप केन्द्र निर्धारण गरिएको र परिचय पत्रका आधारमा टिकापुर, धनगढी, चौमाला, भजनी, जोशिपुर, लम्कीचुहमा, मालाखेतीस्थित सरकारी स्वास्थ्यमा खोप लगाइने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी गराए ।

आजदेखि संघीय सरकारले निर्धारण गरेबमोजिम सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैँकका कर्मचारी, पत्रकारहरु, यसअघि छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंम सेवक, एम्बुलेन्स तथा शवबाहान चालक, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाइन लागेको उनले बताए ।

कैलालीको धनगढीस्थित स्वास्थ्य कार्यालय, गोदावरी नगरपालिकाको मालखेति अस्पताल, चौमाला प्राथमिक स्वास्थ्य केन्द्रबाट कोरोना विरुद्धको खोप करिव चार हजार जनालाई लगाइने भएको
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले बताए ।

यसैगरी कैलालीको लम्कीचुहा अस्पताल, जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्र, भजनी प्राथमिकथता स्वास्थ्य केन्द्र र टीकापुर अस्पतालबाट पनि लक्षित समूहले परिचय पत्रका आधारमा खोप लगाउन पाउनेउनले बताए।


२ फागुन २०७७, आइतवार १२:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु