मौसम पूर्वानुमान : वर्षासँगै हिमपातको सम्भावना
नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भुभागमा आँशिकदेखि समान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
राती बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आँशिक देखि सामान्य बदली रही बाँकी भुभागहरुमा आँशिक बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।
बिहीबार दिउँसोपहाडी भुभागमा आँशिक बदली रही बाँकी भुभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आँशिक बदली रहि प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ।
शुक्रबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आँशिक बदली रहि प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केहि भुभागमा बिहानपख हुस्सुरकुहिरो लाग्ने हुँदा चिसो अझै रहिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
२८ माघ २०७७, बुधवार ०७:१७ बजे प्रकाशित












