punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागुऔषध चरेशसहित एकजना पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा लागुऔषध चरेशसहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीस्थित किराना पसल चलाउँदै आएका ४१ वर्षीय निरज बडुलाई ४८ ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शंकाका आधारमा चेकजाँच गर्दा बडुले पसलमा लुकाएर राखेको अवस्थामा चरेश बरामद गरिएको जानकारी दिए।

पक्राउ परेका बडुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी गराए।


२८ माघ २०७७, बुधवार ११:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु