punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हत्यारालाई कारबाही माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडि विधार्थीहरुद्वारा प्रदर्शन

Chaupati
safha napa

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कारपछि हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै धनगढीस्थित मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

धनगढीका विभिन्न क्याम्पस तथा विद्यालयका विधार्थीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले ‘हत्यारालाई फासी दे, यस्तो कानुन चाहिँदैन, न्याय हामीलाई चाहिन्छ’ भन्दै आन्दोलन गरेका हुन् ।

भागरथीको हत्या भएको ६ दिन बितिसक्दा पनि दोषीलाई पत्ता लगाउन नसकेको भन्दै विद्यार्थीहरुले आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।


२७ माघ २०७७, मंगलवार १७:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु