punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घटनाको निष्पक्ष छानबिन गर्न फानको माग

Chaupati
safha napa

बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागिरथी भट्ट घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन फानले सरकारसँग माग गरेको छ । मानव अधिकारसम्बन्धी क्रियाशील संस्था फ्रिडम फर अल नेपाल (फान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै कक्षा १२ मा अध्ययनरत १७ वर्षीया किशोरी भट्टको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको हो ।

उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै फानले अनुशन्धान प्रभावकारी बनाउन माग गरेको छ । साथै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन पनि फानले सरकारसँग आग्रह गरेको छ ।

फानका कार्यबाहक अध्यक्ष भक्तराज जोशीद्वारा जारी विज्ञप्तिमा पश्चिम नेपालका विभिन्न जिल्लामा यस्ता जगन्य अपराधहरु झन् झन् बढिरहनु अत्यन्तै दुखत पक्षको भएको जनाइएको छ ।


२६ माघ २०७७, सोमवार १४:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु