कञ्चनपुरमा विद्युतीय पासोमा परि एकजनाको मृत्यु

कञ्चनपुरको जनावरको लागि ओछ्याइएको विद्युतीय पासोमा परि एकजनाको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका – १० तिल्केनीमा छाडा पशुचौपायाबाट हिउँदे बाली जोगाउन खेतबारीमा ओछ्याइएको विद्युतीय पासोमा परिएर एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले आइतबार तिल्केनी बस्ने शिव लुहारको १८ वर्षिय छोरा अनिल लुहारको सो विद्युतीय पासोमा परेर मृत्यु भएको जानकारी गराए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।


२६ माघ २०७७, सोमवार १२:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु