punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्व कीर्तिमान कायम गरेका राज्यमन्त्री मानन्धरलाई प्रमाणपत्र हस्तान्तरण

Chaupati
safha napa

लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर विश्व कीर्तिमान कायम गरेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेले उक्त प्रमाणपत्र हस्तान्तरण गरे । मन्त्री मानन्धरले गत पुस १० गते नेपालमै आयोजित एक कार्यक्रममा गीत प्रस्तुत गर्दै रेकर्ड कायम गरेका थिए ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिए । मन्त्री मानन्धरसँग दिल्ली अध्ययन केन्द्रले अन्तरक्रियासमेत आयोजना गरेको छ ।


२१ माघ २०७७, बुधवार १६:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु