punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोतामे पत्रकारिता पुरस्कार सुदूरपश्चिमका पत्रकार थापालाई प्रदान गरिने

Chaupati
safha napa

स्वर्गीय गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार यस वर्ष सुदूरपश्चिम प्रदेशको कञ्चनपुरबाट पत्रकारिता गर्दै आएका चित्राङ्ग थापालाई दिने निर्णय भएको छ ।

गोपालचन्द्र गौतम प्रतिष्ठानको सोमवार सम्पन्न बैठकले २०७७ सालको यो पुरस्कार पत्रकार थापालाई दिने निर्णय गरेको प्रतिष्ठानका सचिव केसी लामिछानेले बताए।

एक तोला सुनको तक्मा पुरस्कार रहेको स्व गौतमको वार्षिक पुण्यतिथिको अवसरमा फागुन २ गते आइतवारका दिन कार्यक्रमको आयोजना गरी वितरण गरिने सचिव लामिछानेले बताए।

प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा बैठक बसेको थियो । स्व गौतमको सम्झनामा प्रतिष्ठानले २०६८ सालदेखि यो पुरस्कार निरन्तर वितरण गर्दै आएको छ।

पहिलो पुरस्कार रु १० हजार राशिबाट शुरू भएको पुरस्कार २०७२ सालदेखि आधा तोला सुनको तक्मामा परिणत भएको थियो भने २०७५ सालदेखि एक तोला सुनको तक्मामा परिणत भएको छ।

अहिलेसम्म यो पुरस्कार मकवानपुरका पत्रकार प्रताप विष्ट, विराटनगरका पत्रकार मोहन भण्डारी, बुटवलका पत्रकार डिआर घिमिरे, राजविराजका पत्रकार शिवहरि भट्टराई, झापाका पत्रकार स्व मदन ढकाल, पाल्पाका पत्रकार मेघराज शर्मा, सप्तरी ९कञ्चनपुर० का पत्रकार भोला पासवान, भैरहवाका पत्रकार अर्जुन ज्ञवाली, झापाका पत्रकार केशव आचार्यले प्राप्त गरिसकेका छन्।


२१ माघ २०७७, बुधवार १०:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु