आइतवार १०५ कोरोना भाइरसका संक्रमित थपिए
नेपालमा कोरोना भाइरसका आइतवार १ सय ५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २८८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६६ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
१८ माघ २०७७, आइतवार १६:४५ बजे प्रकाशित













