पसल र कुुखुरा फार्ममा आगलागी

कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगरपालिकामा पसल र कुखुरा फार्ममा आगलागी हुँदा झण्डै साढे ६ लाख बराबरको क्षति भएको छ।

जिल्लाको दोधाराचाँदनी र भीमदत्त नगरपालिकामा भएको आगलागीबाट उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी गराए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर १८ शिवपार्वती टोलस्थित सुरेश बोगटीको टिनले छाएको किराना पसलमा विद्युतको तार सर्ट भइ आगलागी भएको छ ।

आगलागीबाट सामान र पसल जलेर नष्ट हुँदा अन्दाजी ५ लाख बराबरको क्षति भएको उनले जानकारी गराए । प्रहरी र स्थानीयको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।

यस्तै, दोधाराचाँदनी नगरपालिका–७ कञ्जभोज बस्ने महेन्द्रबहादुर चन्दको खरले छाएको पोल्टी फार्ममा पनि आगलागीबाट झण्ढै डेढ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

चन्दको फार्ममा रहेका करिब ४ सय कुखुराका चल्ला मरेको, ४ कठ्ठा दाना र पोल्टी फार्म जलेर नष्ट भएको उनले बताए ।


१७ माघ २०७७, शनिवार ११:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु