भिरबाट धकेलेर एकजनाको हत्या

बझाङमा एकजनाको भिरबाट धकेलेर हत्या भएको छ।

शुक्रबार साँझ जिल्लाको छबिस पाथीभेरा गाउँपालिका वडा नम्बर ७ खोरीका ३७ वर्षीय रमेश बोहराको भिडाने भिरबाट धकेलेर हत्या गरिएको हो।

स्थानीय मेला हेरेर घर फर्किने बेला गाउँकै लव बोहराले धकेलेर उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी गराए।

मेला हेरेर घर फर्किँदा दुबै जनाले मदिरा सेवन गरेका रहेछन्, विवाद भएपछि उनलाई भिरबाट खसालेको उनले बताए ।

भिरबाट बोहरा ६ सय मिटर तल खसेका थिए। धकेल्ने लव बोहरालाई इलाका प्रहरी चौकी बिसौनाचोरले नियन्त्रणमा लिएको छ।


१७ माघ २०७७, शनिवार ११:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु