punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विप्लव समूहका पक्राउ परेका ३ जना विरुद्ध मुद्दा चलाइयो

Chaupati
safha napa

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका ३ जना नेता कार्यकर्ता विरुद्ध सार्वजनिक हित विरुद्ध कसुर सम्बन्धी मुद्दा चलाइएको छ।

बिप्लव समूहले गत माघ १० गते आफ्नो नेताहरुको रिहाइको माग गर्दै नेपाल बन्दको आह्वान गरेको थियो। यसै क्रममा प्रहरीले कैलालीको टीकापुरबाट टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्टलाई पक्राउ गरेको थियो।

उनीहरु विरुद्ध ईलाका प्रहरी कार्यालय टीकापुरले सार्वजनिक हित समेत विरुद्धको कसुरमा मुद्दा चलाइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले मुद्दा गरि थप अनुसन्धान भइरहेको जानकारी गराए।

 


१३ माघ २०७७, मंगलवार ११:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु