उच्च पहाडी तथा हिमाली भू-भागका हिमपातको सम्भावना

देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ साथै तराईका भू-भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ। बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक रदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागहरुमा बिहानीपख हुस्सुरकुहिरो समेत लाग्ने सम्भावना छ ।

चिसो बढ्ने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

मंगलबार देशका प्रदेश न। १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि  उच्च पहाडी तथा हिमाली भु-भागका १ वा २ स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार प्रदेश न। १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश न। १ को उच्च पहाडी तथा हिमाली भू-भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।

बिहिबार देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश न। १ को उच्च पहाडी तथा हिमाली भू(भागका १ वा २ स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।


१३ माघ २०७७, मंगलवार ०९:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु