तोलामा चार सय बढ्यो सुन, चाँदी घट्यो

बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ९२ हजार आठ सय पुगेको
छ ।

सुन हिजो प्रतितोला ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय ५५ मा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


१३ माघ २०७७, मंगलवार ११:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु