अछाम घर भई धनगढीमा अध्ययनरत विद्यार्थी बेपत्ता

अछाम घर भई धनगढीमा अध्ययनरत एक जना विद्यार्थी एक हप्तादेखि वेपत्ता भएका छन् ।

अछामको मंगलसेन–११ खिमाडा घर भई कैलाली बहुमुखी क्याम्पसमा कक्षा १२ (बिज्ञान संकाय) मा अध्ययनरत प्रशान्त भण्डारी सम्पर्कविहिन भएका हुन् ।

उनी धनगढी क्याम्पस रोडमा डेरा गरि बस्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले भण्डारी वेपत्ता रहेको जानकारी आएकाले उनको खोजी भइरहेको जानकारी दिए ।

उनका आफ्न्तले कहिँ कतै भेटाएमा नजिकको प्रहरीलाई खबर गरिदिनु आग्रहसमेत गरेका छन् ।


१२ माघ २०७७, सोमवार १५:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु