देवर–भाउजूको रहस्यमय मृत्यु
बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ ।
दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए ।
जिल्ला प्रहरी कार्यालयले महेन्द्रनगर बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर–भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आकलन गरेको छ ।
भाउजूको हिजो बेलुकी ५ः१५ बजे र देवरको राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी गराउदै घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको बताए । देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्नसकेको छैन ।
उपचारमा रहेका कोलीले भाउजूले के को पात दिईन, खाँदा बिरामी परे भन्थे । उनले उनीहरु होटल आउँदा पनि सामान्य अवस्थामा नरहेको बुझिएको छ । दुबैको शव महाकाली अस्पतालमा राखिएको उनले बताए । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने बताएको छ ।
११ माघ २०७७, आइतवार १३:३८ बजे प्रकाशित































