punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री कपका लागि सुदूरपश्चिमको टोली घोषणा, को–को भए छनौट ?

Chaupati
safha napa

आगामी माघ २ गतेदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।

गत मंसिरमा सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगिता र त्यसपश्चात सञ्चालन गरिएको क्याम्पमा गरेको प्रदर्शनका आधारमा १४ सदस्यीय टोली घोषणा गरिएको हो।

सन्तोष भट्टको कप्तानीमा सुदूरपश्चिम प्रदेशको टोली छनौट गरिएको नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरी रेग्मीले जानकारी दिए । टोलीको उपकप्तानमा खडकबहादुर बोहरा र विकेटकिपरमा अर्जुन साउँद छनौट भएका छन् ।

अन्य सदस्यहरुमा अरुण ऐरी, गजेन्द्र बोहरा, सञ्जु दमाई, सुरज तिरुवा,किरण ठगुन्ना,विनोद लामा,शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र साउँद र भोजराज भट्ट छनौट भएका छन्।

यस्तै विरेन्द्र नाथ, दिपेन्द्र सिंह ऐरी,विक्रम थापा र विकास आग्री वैकल्पिक खेलाडीका रुपमा छनोट छन्। टिम व्यवस्थापनकमा शेरसिंह खत्री र प्रशिक्षकमा विरेन्द्र शाही चयन भएका छन्।


२८ पुस २०७७, मंगलवार १४:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु