ट्रयाक्टरबाट खसेर एकजना गम्भीर घाइते
कैलालीमा ट्रयाक्टरबाट खसेर एकजना गम्भीर घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको लम्कीचुहा नगरपालिका वडा नमबर २ गणेशपुरस्थित चोकमा बलियाबाट कौवातर्फ गइरहेको भे १त ६२१५ नम्बरको ट्रयाक्टरबाट खसेर एकजना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा लम्कीचुहा नगरपालिकाका १३ वर्षीया विष्णु चौधरी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।
गम्भीर अवस्थाका चौधरीलाई लम्कीचुहामा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको छ।ट्रयाक्टर र चालक बलियाका २५ वर्षीय अर्जुन चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराए।
२५ पुस २०७७, शनिवार १२:२९ बजे प्रकाशित































