punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अस्थायी प्रहरी बिट नजिकै एक युवतीमाथि जबर्जस्ती करणीको प्रयास

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ खैरानास्थित अस्थायी प्रहरी बिट नजिकै एक युवतीमाथि जबर्जस्ती करणीको प्रयास गरिएको छ।

सोही वडा बस्ने अन्दाजी २५ वर्षकी एक युवतीमाथि प्रहरी बिट नजिकैको जंगलमा आज बिहान जबर्जस्ती करणीको प्रयास गएको हो । पीडित युवतीले अज्ञात व्यक्तिले आफूमाथि जबर्जस्ती गर्न खोजेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएकी छन्।

आज बिहान घरदेखि कामको सिलसिलामा अत्तरिया बजार जाँदै गर्दा खैरानादेखि वसन्तपुर क्षेत्रमा पर्ने जंगलभित्र लगी म माथि कालो ज्याकेट, टोपी, मास्क लगाएका एकजना अज्ञात व्यक्तिले जबर्जस्ती गर्न खोज्यो,’ ती युवतीले दिएको उजुरीमा लेखिएको छ, ‘सोही समयमा ट्याक्टर आएको हुदाँ मेरो ज्यान जोगियो।’

आफूमाथि हातपात गर्न खोज्ने युवकको खोज तलास गरी आवश्यक कारबाही गरिदिन भन्दै ती युवतीले प्रहरीलाई आग्रह गरेकी छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी गराए ।


२५ पुस २०७७, शनिवार ११:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु