Hotel Flora Long Ad

अस्पतालमा आगलागी हुँदा १० शिशुको मृत्यु

भारतको एउटा अस्पतालमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ ।

महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा भएको आगलागीमा परेर एक महिनादेखि तीन महिना उमेर भएका १० जना बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बिहान दुई बजेतिर अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी भएको र त्यहाँबाट सात जना शिशुको भने सकुशल उद्धार भएको खबरमा उल्लेख छ ।

आगलागी पछि केही शिशुको जलेर र धेरैजसोको धुवाँमा निसास्सिएर ज्यान गएको अस्पतालले जनाएको छ । विद्युत सट भएर आगलागी भएको आशंका गरिएको भए पनि आगलागीको कारण नखुलेको महाराष्ट्र प्रहरीले जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, महाराष्ट्रमा मुख्यमन्त्री ठाकरेलगायतले घटनाप्रति दुस्ख व्यक्त गरेका छन् ।


२५ पुस २०७७, शनिवार ११:४९ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु