punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज स्वदेश फर्किँदै प्रचण्ड

Chaupati
safha napa

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार भारतबाट स्वदेश फर्किने भएका छन् ।

प्रचण्ड पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि मुम्बई गएका थिए । मुम्बईमा ५ दिन पत्नी सँगै रहेका प्रचण्ड शनिबार स्वदेश फर्कन लागेका हुन् ।

पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई पुगेका प्रचण्ड शनिबार साँझ काठमाडौं आइपुग्ने उनको सचिवालयले बताए ।

प्रचण्ड पत्नी सीता लामो समयदेखि बिरामी छिन् । यसअघि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई यसपटक मुम्बई लगिएको हो ।

सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्कने उनको सचिवालयले जानकारी दिएको छ । उपचारका क्रममा सीतासँग उनका छोरी रेणु र ग‌ंगा दाहाल रहने जानकारी दिएको छ ।


२५ पुस २०७७, शनिवार ११:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु