मोटरसाइकलमा सवार आमाछोरामाथि बाघको आक्रमण
मोटरसाइकलमा सवार आमाछोरामाथि पाटेबाघले आक्रमण गरेको छ।
जिल्लाको लम्किचुहा नगरपालिकावडा नम्बर ४ का युवक र उनकी आमा ५० वर्षीय नन्कला थापामाथि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक बाघले आक्रमण गरेको हो।
मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले झम्टेर लगेको छ। आमाछोरा मोटरसाइकलमा घरतर्फ आउन लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले आक्रमण गरेर लगेको बताइएको छ।
मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ भने महिलाको शव अझैं फेला परेको छैन। अहिले निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको जानकारी गराए।
१८ पुस २०७७, शनिवार ११:५५ बजे प्रकाशित













