कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालय एक साता बन्द
कर्मचारीमा कोरोना भाइरसको संक्रमणा पुष्ट भएपछि शुक्लाफाँटा नगरपालिका कार्यालय एक साताका लागि बन्द गरिएको छ।
नगरपालिका कार्यालयमा कार्यरत ७० जना कर्मचारीको स्वाव संकलन गरी पिसिआर जाँचका लागि सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा परिक्षण गर्दा तीनजना कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि शुक्लाफाँटा नगरपालिका कार्यालय एक साताका लागि बन्द हो।
कर्मचारीमा कोरानोको संक्रमण पुष्टि भएपछि पुस १९ गतेदेखि २४सम्म कार्यालय बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिषनसिंह थापाले जानकारी गराए।
नगरपालिकाबाट दिइने अत्यावश्यक सेवाअन्तर्गत पर्ने स्वास्थ्य, फोहरमैला व्यवस्थापन, एम्बुलेन्स सेवा दमकल सेवा भने सञ्चालनमा नै रहने थापाले बताए।
उक्त अवधिभर टेण्डरसम्बन्धीका कार्य र प्रकाशित विज्ञापन बमोजिम उम्मेदवारहरुको दरखास्त बुझने कार्य समेत जारी रहेने उनकोे भनाइ छ। वडा कार्यालयमा समेत सोहीअनुसार काम गर्न निर्देशन दिइएको उनले बताए ।
१८ पुस २०७७, शनिवार ११:३१ बजे प्रकाशित































