आज देशभर ४८१ जना कोरोना संक्रमित थपिए
आज देशभर कोरोना भाईरसका संक्रमितको संख्या २ लाख ५८ हजार १८१ जना पुगेको छ । आज ४८१ जना नयाँ कोरोना भाईरसका संक्रमित थपिएका छन् ।
देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ जना पुगेका छन् । आज मात्र कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४९ हजार ८६३ जना पुगेको छ । आज निको भएर घर जानेको संख्या ७३१ जना पुगेका छन् ।
आजको देशभर पिसिआर परीक्षण ३ हजार ८२८ जना भएको छ । आजसम्म देशभर जम्मा पिसिआर परीक्षण १९ लाख ९ हजार ६५४ जनाले गराई सकेको छ । आज देशभर ६ हजार ४९३ जना सक्रिय कोरोना भाइरस संक्रमितको संख्या रहेको छ ।
१२ पुस २०७७, आइतवार १६:४० बजे प्रकाशित































