punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नवनियुक्त खेलकुद मन्त्री लामाद्वारा पदभार ग्रहण

Chaupati
safha napa

पुनवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले पदभार ग्रहण गरेका छन् ।

आइतबार मन्त्री लामाले सिंहदरवारमा आफ्नो पदभार ग्रहण गरेका हुन् । उनलाई मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमेश कुमार सिलवाललगायतले स्वागत गरेका थिए ।

आइतबार नै मन्त्रालयले निवर्तमान युवा तथा खेलकुद मन्त्री जगत बाहदुर विश्वकर्मा लाई बिदाई गरेको छ ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेर तथा विस्तार गर्दा सुनार पदमुक्त भएपछि लामाले खेलकुद मन्त्रालयको जिम्वेवारी पाएको थियो ।

लामाले शुक्रबार नै राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीपदको सपथ लिएका थिए । सिन्धुपाल्चोकका तामाङ २०६४ सालको संविधानसभा सदस्य रहँदा २०७४ को प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए ।


१२ पुस २०७७, आइतवार १४:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु