punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

स्वदेशमै रोजगारी सृजना गर्न पहल गर्छुः नवनियुक्त श्रममन्त्री चौधरी

Chaupati
safha napa

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले आफ्नो ध्यान स्वदेशमै रोजगारीको सृजना गर्नेतर्फ केन्द्रीत रहने बताएका छन् । नवनियुक्त श्रममन्त्री चौधरीले वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य गर्नका लागि आफूले प्रयत्न गर्ने पनि जानकारी गराए ।

मन्त्रालयमा आज पदबहाली गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, कोरोनाले व्यापार व्यवसाय नराम्ररी प्रभावित भएका छन्, रोजगारी कटौती भएको अवस्था छ, स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लागि पर्छु ।

कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न जरुरी रहेको उनले बताए ।

आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लैजाने मन्त्री चौधरीले बताए।

उनले मन्त्रालयबाट सम्पादन हुँदै आएका कामकारवाही र अब गर्नुपर्ने कामका बारेमा छलफल गरेर अगाडि बढ्ने पनि बताए ।


१२ पुस २०७७, आइतवार १४:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु