नेकपाका २ समूह बीच झडपको स्थिति,पार्टी कार्यालयमा प्रहरीलाई खटायो
कञ्चनपुरमा नेकपाका २ समूहबिच झडपको स्थिति आएको छ ।ओली पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि प्रचण्ड–नेपाल समूहले ताला तोड्ने प्रयास गरेपछि झडपको स्थिति सिर्जना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले बताए ।
नेकपाका अध्यक्ष केपी ओली र प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ताबीचहरु पार्टी कार्यालयमा छन् । अवस्था तनावग्रस्त भएपछि प्रहरी खटाइको हो ।
हुन सक्ने सम्भावित झडपको स्थिति लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाको नेतृत्वमा प्रहरी खटाईएको जिल्ला प्रशासनले कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
१२ पुस २०७७, आइतवार १४:०९ बजे प्रकाशित































