punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वायु प्रदूषणका कारण भारतमा एक वर्षमा १६ लाख ७० हजार मानिसको मृत्यु

Chaupati
safha napa

वायु प्रदुषणका कारण भारतमा एकै वर्षमा १६ लाख ७० हजार मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ ।

भारतको सरकारी संस्था इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर)को प्रतिवेदनअनुसार वायु प्रदुषणका कारण सन् २०१९ मा १६ लाख ७० हजार मानिसको मृत्यु भएको छ । भारतको दिल्ली, उत्तर प्रदेश र बिहारको सबैभन्दा ठूलो हिस्सा लामो समयदेखि वायु प्रदूषणको चपेटामा छन् ।

वर्षाको समयबाहेक भारतका हरियाणा, उत्तर प्रदेश, दिल्ली र बिहारजस्ता प्रान्तका मानिसहरुले वर्षको अधिकांश समय वायु प्रदूषणको मार खेप्दै आएका छन् । अध्ययनको क्रममा फोक्सोको समस्याबाट मृत्यु हुने मानिसहरुमध्ये ४० प्रतिशतको कारण वायु प्रदूषण थियो ।

त्यस्तै मुटुको रोग, मधुमेह र समयभन्दा पहिला जन्मिने नवजात शिशुको मृत्युमा पनि वायु प्रदूषण ६० प्रतिशतसम्म जिम्मेवार पाइएको थियो ।

सन् २०१९ मा भारतमा भएको समग्र मृत्युमध्ये १८ प्रतिशतको कारण वायु प्रदूषण थियो । वायु प्रदूषणको कारण सन् २०१९ मा भारतलाई २६ खर्ब भारु पनि नोक्सानी भएको छ ।


१० पुस २०७७, शुक्रवार १४:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु