punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अफगानिस्तानमा चीनका १० गुप्तचर पक्राउ

Chaupati
safha napa

अफगानिस्तानको राजधानी काबुलमा चीनका १० जना गुप्तचरहरूलाई प्रक्राउ गरेको छ । आतंकवादी सेलको भण्डाफोर भएपछि बेइजिङले बेइज्जती सहनुपरेको छ ।

त्यहाँको राष्ट्रिय सुरक्षा निर्देशनालयले चिनियाँ नागरिकहरूलाई जासूसी गरेको तथा आतंकवादमा संलग्न भएको आरोपमा हिरासतमा लिएको छ । गत डिसेम्बर १० मा निर्देशनालयले कारवाही शुरू गरेको हो ।

उक्त दिन निर्देशनालयले चिनियाँ नागरिक ली याङयाङलाई काबुलस्थित निवासबाट पक्राउ गरेको थियो । उनी गत जुलाई महिनादेखि त्यहाँ कार्यरत थिए । उनको घरबाट हातहतियार र विस्फोटक पदार्थ बरामद गरिएको थियो ।

त्यही दिन अर्की चिनियाँ नागरिक शा हुङ पनि पक्राउ परेकी थिइन् । उनी काबुलको शिरपुर इलाकामा बस्ने गरेकी थिइन् र उनको घरमा पनि विस्फोटक सामग्री राखिएको थियो ।

उनीहरू दुईजना पक्राउ परेपछि अन्यलाई पनि समातिएको थियो । उनीहरूले हक्कानी नेटवर्क नामक आतंकवादी संगठनका शीर्ष नेताहरूलाई भेटेको बताइएको छ ।

पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईले चिनियाँ जासूस र हक्कानीबीच मध्यस्थता गराएको बताइएको छ । याङयाङले अल कायदा, तालिबान र उइगुर मुसलमानहरूको सूचना कुनार र बदख्शान प्रान्तबाट लिइरहेको बताइएको छ ।

चिनियाँ गुप्तचरहरूलाई पक्राउ गरेपछि राजनीतिक परिणाम आउने पक्का छ । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीलाई पछिल्लो घटनाक्रमको जानकारी गराइएको छ ।

उनले वरिष्ठ उपराष्ट्रपति अमरुल्लाह सालेहलाई छानबिनका लागि आदेश दिएका छन् ।बेइजिङले औपचारिक माफी मागेमा अफगानिस्तानले माफी दिने बताइएको छ । एजेन्सी सहयोगमा


१० पुस २०७७, शुक्रवार १३:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु