punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नयाँ सरकार गठन गर्ने केन्द्रित : प्रचण्ड

Chaupati
safha napa

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको अपेक्षा अनुसारको काम गर्नेगरी नयाँ सरकार गठन गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीय हुने जानकारी दिए ।

प्रचण्ड, माधव नेपाल समूहको संसदीय दलको नेता चयन भएपछि संसद भवन वानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले संसदलाई जिवीत तुल्याउने र नयाँ सरकार गठन गर्ने बताए ।

सबै राष्टि«य राजनीतिक दलहरु जो संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छन, ती सबैलाई एकता गर्नु इमान्दारीतापूर्वक सहकार्य पर्ने उनले बताए । त्यो एकताको बलमा प्रतिनिधि सभालाई जिवित तुल्याउनु र राष्ट र जनताको अपेक्षा अनुसार काम गर्नेगरी नयाँ सरकार गठन गर्ने केन्द्रीत हुने उनले जानकारी दिए ।’
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर अध्यक्ष बनेका माधवकुमार नेपालको प्रस्तावमा प्रचण्ड संसदीय दलको नेता बनेका हुन । प्रतिनिधि सभा विघटनसँगै संसदीय दलको नेताको पद स्वत निष्क्रिय भएको छ । यसअघि नेकपा संसदीय दलको नेता केपी ओली थिए ।


८ पुस २०७७, बुधवार १६:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु