punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसद् विघटनविरुद्ध रणनिती बनाउन कांग्रेसको बैठक सुरु

Chaupati
safha napa

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको रणनिती बनाउन बैठक सुरु भएको छ। सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा नेताहरुले संसद विघटन पछि उत्पन्न राजनीतिक अवस्थाबारे धारणा राख्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

हिजोदेखि जारी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै संस्थागत धारणा बनाउने बताइएको छ।

काँग्रेसभित्र संसद विघटनविरुद्ध उत्रिने कि चुनावमा जाने भन्ने विषयमा विवाद बढेको छ। सभापति शेरबहादुर देउवा चुनावमा जानुपर्ने बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसद विघटनको विरुद्धमा कडा संघर्ष गर्नुपर्ने बताउँदै आएका छन्। जारी केन्द्रीय समितिको बैठकले निर्वाचन या संसद विघटनविरुद्ध संघर्ष भन्ने निर्णय गर्ने पनि बताइएको छ।


८ पुस २०७७, बुधवार १५:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु