punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको शारदा माध्यमिक विद्यालय एक हप्ता बन्द

Chaupati
safha napa

शिक्षकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि धनगढीको शारदा माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ।

शंकास्पद लक्षण देखिएपछि परीक्षण गराउँदा मंगलबार एकजना शिक्षकलाई कोरोना पोजेटिप भएपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक तेजबहादुर सिंहले जानकारी
दिए ।

हामी शिक्षक कर्मचारी सबैले स्वाब परीक्षण गराउँछौँ, कसैलाई संक्रमण देखिएन भने एक हप्तापछि विद्यालय सञ्चालन गर्ने प्रअ सिंहले बताए । यदी अरु शिक्षकलाई पनि कोरोना भाईरस संक्रमणको पुष्टि भएमा त्यही अनुसारको व्यवस्थापन गर्ने तयारी गर्ने उनले जानकारी गराए ।

अहिलेलाई १४ गतेसम्म विद्यालय बन्द गरिएको प्रअ सिंहले जानकारी दिए ।


८ पुस २०७७, बुधवार १२:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु