मतदाता नामावली सङ्कलनको काम बन्द
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको गर्ने काम बन्द गरेको छ ।
आउँदो बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएकाले ७७ वटै जिल्लामा भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको निवाचन आयोगले जानकारी दिएको छ । आउदो चुनावको तयारी गर्नुपर्ने भएकाले तत्कालका लागि मतदाता नामावली संकलन गर्ने काम बन्द गर्नुपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
आयोगले अहिलेसम्म सङ्कलन भएका मतदाता नामावलीलाई अद्यावधिक गरेर मतदाताको सूचीमा समावेश गर्ने जनाएको छ । त्यसका लागि आयोगले प्रक्रिया अघि बढाएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिए।
८ पुस २०७७, बुधवार १२:३४ बजे प्रकाशित






























