punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा भन्सार छली ल्याएको सामान बरामद

Chaupati
safha napa

कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याईएका सामानहरु प्रहरीले बरामद गरेको छ ।

चोरी पैठारी गरी ल्याइएका बेवारिसे रुपमा रहेका खाद्यान्न, लत्ताकपडा, ईलेक्ट्रिक समान र भाँडा वर्तन गरी करिब १ लाख ३८ हजार रुपैयाँ बराबरको सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बरामद गरेको हो ।

विभिन्न मितिमा बरामद गरेको उक्त सामान आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता नायक उपरिक्षक प्रतिप बिष्टले जानकारी गराए ।


८ पुस २०७७, बुधवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु