punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सोडारीको कारबाही फुकुवा, थापालाई हटाएर पुनः अध्यक्षको जिम्मेवारी

Chaupati
safha napa

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि विकसित राजनीतिको असर जिल्ला तहसम्म पुगेको छ । त्यसैक्रममा आज नेकपा कैलालीका अध्यक्ष रतन थापालाई हटाएर पूर्व अध्यक्ष दिर्घ सोडारीलाई पुनः अध्यक्षको जिम्मेवारी दिइएको छ ।

काठमाडौंमा मंगलबार सम्पन्न नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सोडारीको कारबाही फुकुवा गर्दै पुनः अध्यक्षको जिम्मेवारी दिएको हो । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री सामाजिक विकास मन्त्रीसमेत रहेका सोडारीलाई यसअघि कारबाही गरेपछि मन्त्री र अध्यक्षबाट साधारण सदस्यसमेत नरहने गरेर कारबाही गरेको थियो ।

पार्टीले सोडारीको आचरण र पदीय मर्यादाविरुद्ध परेका उजुरी परेको भन्दै २०७५ कार्तिकमा कारबाहीमा गरेको थियो । उनलाई हटाएर सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदी र कैलाली अध्यक्षमा रतन थापालाई नियुक्त गरेको थियो ।

सोडारी प्रदेशसभा सदस्य भने कायममै थिए । उनी कैलाली क्षेत्र नम्बर ४ क बाट प्रत्यक्ष तर्फबाट निर्वाचित भएका प्रदेशसभा सदस्य हुन् ।


७ पुस २०७७, मंगलवार १८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु