punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम काङ्ग्रेस संसदीय दलले भन्यो- संसद विघटन राजनीतिक ‘कु’

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलले केपी ओली सरकारले संघीय संसद विघटनको बिरोध गर्दै राजनीतिक ‘कु’ गरेको संज्ञा दिएको छ ।

सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलद्वारा मंगलबार एक बिज्ञप्ती प्रकाशन गर्दै जनताले दुई तिहाई नजिकको जनमत दिएर सरकारमा पठाएको नेकपा सरकारले संसद बिघटन गर्नलाई जनमतको अभिमतको अबमुल्यन गरेको बताएको छ ।

नेपाली काँग्रेसलाई जनताले प्रतिपक्षमा बस्ने जनमत दिए अनुसार प्रतिपक्षको भुमिका लोकतान्त्रिक मूल्य मान्यता अनुसार निर्वाह गर्दै गर्दा गर्दै आफ्नै पार्टीबाट सत्ता खचिातानीले गर्दा देश अन्धाकार तिर धकेलेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको ठहर छ ।

नेकपाले सत्ताको खिचातानीमा असम्बैधानिक र गैरजिम्मेवार भै लोकतन्त्रको खिल्ली उडाएको र राजनीतिक कु गरेको भन्दै नेकपा बिचको झगडाले गर्दा देश अन्धाकारमा धकेलिने भएकोले यसलाई चाडो समस्या सामाधान गरेर देशलाई निकाश दिन समेत नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश संसदीय दलले आग्रह गरेको छ ।


७ पुस २०७७, मंगलवार २१:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु