punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पार्टी विवादले श्रीमान श्रीमतीबीच फुट हुने अवस्था सृजना

Chaupati
safha napa

नेपाल कम्युनिष्ट पार्टी ( नेकपां ) फुटको संघारमा पुगेपछि श्रीमान र श्रीमती अलग खेमा देखिएको छ । यसअघि श्रीमान–श्रीमती अध्यक्ष केपी शर्मा ओलीको खेमामा रहेका रघुवीर महासेठ र जुलीकुमारी महतो पछिल्लो पटक फरक फरक खेमामा सहभागी भएका छन् ।

श्रीमती महतो शुरुदेखि अध्यक्ष ओली खेमाको बैठकमा सहभागी छिन् । तर उनको श्रीमान महासेठ अध्यक्ष प्रचण्ड खेमामा पुगेका छन् । महासेठ यसअघि अध्यक्ष ओली नेतृत्वको सरकारमा यातायात मन्त्री थिए । पछि उनी असन्तुष्ट बनेका थिए । अहिले उनी नियमित प्रचण्ड पक्षको भेलामा सहभागी हुँदै आएका छन् । आजको ववरमहल बैठकमा पनि महासेठ सहभागी रहेका केन्दीय सदस्य मेटमणी चौधरीले बताए ।

नेकपा अब फुटमा पुग्ने निश्चितप्राय : भएपछि पार्टीमा आवद्ध श्रीमान श्रीमतीबीच पनि फुटहुने अवस्था सिर्जना भएको छ । यसैगरी उपाध्यक्ष गौतम अहिले कुनै खेमाको बैठकमा सहभागी नभएपनि उनको श्रीमती तुलसा थापा अध्यक्ष ओली खेमाको केन्द्रीय कमिटी सदस्य भएकी छिन् । साभार : गोरखापत्र अनलाइन


७ पुस २०७७, मंगलवार १६:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु