गोदावरी – १२ को वडा कार्यालय बन्द
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय बन्द गरिएको छ । वडा कार्यालयका सचिवलाई कोरोना संक्रमण देखिएपछि वडा कार्यालय ४ दिनका लागि बन्द गरिएको हो ।
वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले मंगलबार एक सुचना जारी गर्दै वडा सचिवलाई कोरोना संक्रमण देखिएकाले पुस १० गते सम्मका लागि कार्यालय बन्द गरिएको
बताए ।
‘गोदावरी नगरपालिका वडा नम्बर १२ वडा कार्यालयका वडा सचिवलाई कोरोना संक्रमित भई पोजेटिभ देखिन गएकाले आजको दिन देखि २०७७ साल पौष १० गते सम्म वडा कार्यालय बन्द रहने व्यहोरा वडा अध्यक्ष खड्काले जानकारी दिए ।’
कोरोना संक्रमित वडा सचिवलाई होम आईसोलेसनमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको गोदावरी नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख बिर बहादुर कुवरले बताए ।
‘ज्वरो र खोकि देखिएपछि उनको सेती अस्पतालमा कोरोना परिक्षण गरिएको थियो । उनको आजै कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनको स्वास्थ्य अवस्था सुधार भएको र घरमै आईसोलेसनमा राखेको स्वास्थ्य शाखा प्रमुख कुवरले बताए ।
७ पुस २०७७, मंगलवार १६:२९ बजे प्रकाशित































