पीएम कप छनोटको उपाधि अछामले जित्यो

कञ्चनपुरमा भएको प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेटको सुदूरपश्चिम छनोटको उपाधि अछामले जितेको छ। फाइनल खेलमा बैतडीलाई १५ रनले पराजित गर्दै अछामले उपाधि उचालेको हो ।

अछामले दिएको १६५ रनको लक्ष्य पछाएको बैतडी १४९ रनमा समेटियो। बैतडीका लागि प्रदीप चन्दले ३० तथा वीरेन्द्र नाथले २७ रनको योगदान गरेपनि टोलीलाई भने जिताउन सकेनन्।

अछामका लागि सुरज तिरुवाले ३ विकेट हात पारे। त्यसअघि कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अछामले ३८ ओभरमा १६४ रनमा अलआउट भयो। उसका लागि सुरज तिरुवाले सर्वाधिक ६१ रन जोडे। बैतडीका लागि खडक बोहरा र दीपेन्द्र ऐरीले समान तीन÷तीन विकेट लिएका थिए। अछामका लागि अलराउण्डर प्रदर्शन गरेको सुरज तिरुवा म्यानअफ द फाइनल भए ।

गत मंसिर २७ देखि शुरु भएको छनौट प्रतियोगितामा बाजुरा बाहेकका सुदूरपश्चिमका ८ टोलीको सहभागिता रहेको थियो। यो छनोट प्रतियोगिताबाट यही पुस ११ बाट हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट हुनेछ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी डडेल्धुराका सन्तोस भट्ट चुनिए। बैतडीका खडक बोहरा उत्कृष्ट बलर भए भने कञ्चनपुरका किरन ठगुन्ना उत्कृष्ट ब्याट्सम्यान बनेका छन्।

 


३ पुस २०७७, शुक्रवार १८:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु