punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा कांग्रेस

Chaupati
safha napa

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्दैछ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ ।

प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना कहर ख्याल गर्दै प्रदर्शनमा सहभागी हुँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम गर्न अपिल गरेका छन् । प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन’ समेत आमनेता कार्यकर्तामा उनले आग्रह गरेका छन् ।

अपिलमार्फत् देउवाले प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आए पनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले विरोध प्रदर्शन लिएर सडकमा उत्रनुपरेको उल्लेख गरेका छन् ।

देउवाले अपिलमा ‘नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलाएको समेत जनाएका छन् । कोरोना कहरबीच जनता मर्दै गर्दासमेत स्वास्थ्य सामग्री खरिदमा सरकार भ्रष्टाचारमा लिप्त भएको, सबै अधिकार आफैंमा केन्द्रित गरेर जनविरोधी निर्णय गर्दै प्रधानमन्त्री अघि बढेको, महिला हत्या तथा हिंसाका घटना बढेको अपिलमा उल्लेख छ ।


२९ मंसिर २०७७, सोमवार ०९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु