punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३४ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३४ जना कैलालीका मात्रै छन् ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार २६१ नमूना परीक्षण गर्दा कैलालीका ३४, कञ्चनपुरका ३०, डोटीका दुई, बझाङ, बैतडी र दार्चुलाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार कैलालीमा देखिएका संक्रमितमध्ये धनगढी उप–महानगरपालिकाका १८ जना छन् । त्यस्तै टीकापुर नगरपालिकाका आठ जना, कैलारी गाउँपालिकाका सात जना र गोदावरी नगरपालिकाका एक जनामा संक्रमण देखिएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ जना, शुक्लाफाँटा नगरपालिकाका १० जना, बेदकोट नगरपालिका र बेलौरी नगरपालिकाका तीन÷तीन जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।


२७ मंसिर २०७७, शनिवार १६:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु