punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारत र चीनमा बन्ने कोभिड-१९ विरुद्धको खोप नेपाललाई उपयुक्त

Chaupati
safha napa

विशेषज्ञहरूले कोभिड–१९ विरुद्घको खोप ल्याउन नेपालले उत्तर र दक्षिणका छिमेकी चीन र भारतसँग विशेष सहकार्य गर्नुपर्ने सुझाव दिएका छन् । चीन र भारतले प्रयोग गर्ने खोप नेपालका लागि समेत उपयुक्त हुन सक्ने उनीहरूको भनाइ छ ।

‘कोभिडविरुद्घको खोपका लागि सरकारले तुरुन्त चीन र भारतसँग सघन संवाद सुरु गर्नुपर्छ, हाल राज्यले खोपका लागि गरेको प्रयास अत्यन्त सुस्त देखिएको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा. जीडी ठाकुरले भने, ‘खोप उपलब्धताका लागि युरोप र अमेरिकाभन्दा बढी ध्यान चीन र भारततिर दिँदा त्यो दीर्घकालीन हुन्छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनलगायत अन्य खोप निर्माता मुलुकका सरकार प्रमुखसँग प्रत्यक्ष फोन सम्पर्क गरेर खोपका लागि पहल बढाउने बताए ।

नेपालीको जिन, रहनसहन, खानपान, वातावरण, आर्थिक अवस्था, स्वास्थ्य पूर्वाधार र संरचना आधारभूत अवस्था चीन र भारतसँग मिल्दोजुल्दो भएकाले त्यहाँ उपयोग गरिने कोभिडविरुद्घको खोप युरोप–अमेरिकामा उपयोग हुनेको दाँजोमा नेपालका लागि उपयुक्त हुने डा. ठाकुरको दाबी छ । कान्तिपुरमा खबर छ ।


२० मंसिर २०७७, शनिवार ०८:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु