निसर्ग हस्पिटलमा पहिलो पटक न्युरो सम्बन्धी सफल सल्यक्रिया
धनगढीको निसर्ग हस्पिटलमा पहिलो पटक न्युरो सम्बन्धी सफल सल्यक्रिया भएको छ । दुर्घटनामा परि घाइते भएका ३३ वर्षिय युवकको टाउकोमा चोट लागि हड्डी फुटेर दिमागमा रगत जमेको
थियो ।
सल्यक्रियापछि युवकको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ । यस अगाडी न्युरो सम्बन्धि सामान्य समस्याका लागि पनि प्रदेश भन्दा बाहिर पर्ने बाध्यता रहेको थियोे । कतिपय अवस्थामा तुरुन्तै सल्यक्रिया गर्नुपर्ने किसिमका बिरामीहरु समेत हुने गरेका छन ।
हस्पिटलले न्युरो सर्जरी सेवा थप गरे संगै अब न्युरो सम्बन्धि उपचार तथा सल्यक्रियाका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य भएको जनाएको छ ।
१९ मंसिर २०७७, शुक्रवार १५:०७ बजे प्रकाशित













