डोटी अस्पतालबाट भागेका एक जना प्रहरीको नियन्त्रणमा
डोटी अस्पतालबाट भागेका एक जना प्रहरीले नियन्त्रणमा लिएको छ । राति १० बजे फरार भएका १६ वर्षीय राजेन्द्र बोहरा प्रहरीले नियन्त्रणमा लिएको हो।
पूर्वी चौकी गाउँपालिका स्थित शान्तिनगर जङ्गलमा लुकिरहेको अवस्थामा बोहारालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख जनकराज पाण्डेले जानकारी गराए।
अस्पतालमा युवकको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई तत्काल निलम्बन गरेर थप छानबिन गरिने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।
अस्पतालमा खटिएका प्रहरीको लापरबाहीका कारण किशोर फरार भएपछि प्रहरी सक्रियताकै कारण उनलाई समयमै पक्राउ गरिएको उनले जानकारी गराए ।
१९ मंसिर २०७७, शुक्रवार १०:५५ बजे प्रकाशित































