कुखुरा फार्ममा आगलागी हुदाँ ३० हजारको क्षति
कुखुरा फार्ममा आगलागी हुँदा करिब ३० हजारको क्षति भएको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ का मीबहादुर बिकको कुखुरा फार्ममा आगलागी हुँदा ३० हजारका कुखुरा जलेर नष्ट भएको हो ।
फार्ममा रहेको बिजुलीको तार सर्ट भइ आगलागी भएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी गराए ।
१९ मंसिर २०७७, शुक्रवार १०:४६ बजे प्रकाशित































