कोरोना सङ्क्रमितबाट कैलालीमा थप एक जना मृत्यु
कोरोना सङ्क्रमित कैलालीमा थप एक जनाको मृत्यु भएको छ ।
कैलालीको गोदावरी वडा नम्बर ३ का ७६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारकै क्रमा मृत्यु भएको प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी गराए।
मङ्सिर १४ गते अस्पताल भर्ना भएका उनीमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा आज बिहान मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए ।
१९ मंसिर २०७७, शुक्रवार १०:४० बजे प्रकाशित































